ताजा समाचार


सडक मर्मतको माग गर्दै स्थानीयले गरे विरोध प्रदर्शन

द रियल समाचार     २०७८ भाद्र १७, बिहीबार, १४: २७ मा प्रकाशित




जनकपुरधाम । सडक मर्मतको माग गर्दै जनकपुरधामस्थित कुर्थाका स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ परिक्रामा सडकदेखि कुर्थासम्मको बाटो जीर्ण भएपनि स्थानीय जनप्रतिनिधिले सडक मर्मत गर्न कुनै चासो नदेखाउँदा स्थानीय आजित भएका छन् ।

पैदल आवतजावत गर्न समेत समस्या भएको भन्दै युवाहरुले टायर बालेर विरोध प्रदर्शन गर्दै चक्काजाम समेत गरेका हुन् । यस सडकखण्डमा पैदल यात्रुका साथै सवारी साधन आवतजावत गर्न समेत कठिनाई भईरहेको उनीहरुको आरोप छ ।

बर्षातको समयमा प्रत्येक वर्ष सो सडक हिलाम्य बन्दै आएपनि जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीयको दुःखेसो छ । जनकपुरधाम उपमहानगरपालिका तथा सडक विभागले समेत कुनै चासो नदेखाएपछि आज आफूहरु चक्काजाम गर्न बाध्य भएको स्थानीयले बताए ।

उनीहरुले भ्रष्ट मेयर मुर्दावाद, प्रदेश सरकार मुर्दावादको नारा लगाउँदै सयौंको संख्यामा विरोध प्रदर्शन गरेका छन् । बाटोको दुर्दशा र भोग्न परिरहेको समस्याबाट आजित नागरिकले जनप्रतिनिधिलाई गालीगलौज समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top