ताजा समाचार


सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु

द रियल समाचार     २०७८ भाद्र १६, बुधबार, १७: ५५ मा प्रकाशित




सप्तरी । सप्तरीमा नाङ्गो तारमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर बस्ने पवन यादका ९ वर्षीय छोरा अर्जुन यादव रहेका छन् ।

गोठमा लत्रेको विद्युतीय नाङ्गो तारमा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर सिकिस्त भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृतक बालकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top