जनकपुरधाम । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले आज पदभार ग्रहण गरेका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन भएका मन्त्री यादवले आज मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्री यादवलाई मन्त्रालयका सचिव र कर्मचारीहरुले स्वागत गरेका थिए ।
भदौ १३ गतेका दिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र शैलेन्द्र साहलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए ।
प्रतिक्रिया