ताजा समाचार


प्रदेश २: लोसपामा १० जना प्रदेशसभा सदस्यले गराए सनाखत

द रियल समाचार     २०७८ भाद्र १६, बुधबार, १६: ०७ मा प्रकाशित




जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध प्रदेश २ का १० जना प्रदेशसभाका सदस्यले आज सनाखत गरेका छन् ।

जसपा छाडेर लोसपातर्फ लागेका प्रदेश २ का प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका हुन् ।जसपा छाडेर लोसपामा गएका सांसदहरूलाई दल चुन्नका लगि निर्वाचन आयोगले २२ गते सम्मका लागि समय दिएको छ ।

लोसपाको पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले आज सनाखत गराएका हुन् । बाँकी प्रदेशसभा सदस्यले बिहिबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह रहेका छन् । जितेन्द्र सोनल, अभिराम शर्मा, डिम्पल झा र उपेन्द्र महतो लगायतका प्रदेशसभा सदस्यहरुले बिहिबार सनाखत गर्ने बताइएको छ ।

प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेका थिए । जसमध्ये १० जना जसपातर्फ लागेका थिए । अहिले लोसपातर्फ १५ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । १५ मध्ये आज १० जनाले सनाखत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top