ताजा समाचार


धनुषाका विद्यालयहरु भौतिक रुपमै सञ्चालन

द रियल समाचार     २०७८ भाद्र १५, मंगलवार, १९: ३५ मा प्रकाशित




जनकपुरधाम । कोरोना महामारीका कारण विगत लामो समयदेखि बन्द रहेका धनुषास्थित शैक्षिक संस्थाहरु सञ्चालनमा आएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाको अध्यक्षतामा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट ६ कक्षा भन्दा माथीका कक्षाहरु भौतिक रुपमा सञ्चालन गर्न दिने निर्णय गरिएको प्रजिअ वास्तोलाले बताए ।

शिक्षण सिकाईका गतिविधिलाई निरन्तरता दिने सम्बन्धमा नेपाल सरकारबाट जारी स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ र सिसिएमसी बाट स्कीकृत कोभिड महामारीको अवस्थामा हुन सक्ने निषेधाज्ञाको प्रकृति अनुरुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित क्रियाकलापहरुको कार्यान्वयन सम्बन्धि कार्ययोजना तथा शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालय खोल्न दिने निर्णय भएको हो ।

प्रजिअ वास्तोलाले विद्यालय संचालन सम्बन्धि कार्य ढाँचा २०७७ को पूर्ण पालन गर्ने गरी सम्बन्धित स्थानीय तहले संक्रमणको अवस्थालाई विश्लेषण गरी आवश्यक व्यवस्था मिलाएर विद्यालय संचालन गर्न पाउने निर्णय भएको बताए ।

विद्यालयहरु सञ्चालन भएपछि विद्यालयमा अनिवार्य तापक्रम थर्मल गनबाट परीक्षण गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने, हात धुने स्थानको व्यवस्था र कक्षाकोठामा स्यानिटाइजर राख्नुपर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top