ताजा समाचार


ईपीएलको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने

द रियल समाचार     २०७८ भाद्र १५, मंगलवार, १८: १२ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौमा आउँदो असोज महिनामा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् । त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

ईपीएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top