ताजा समाचार


सर्लाहीका एक वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको उजुरी

द रियल समाचार     २०७८ भाद्र १५, मंगलवार, १७: ३६ मा प्रकाशित




सर्लाही । सर्लाहीस्थित एक वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको उजुरी परेको छ । जिल्लाको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष श्यामकुमार यादवविरुद्ध बलात्कार प्रयासको उजुरी परेको हो ।

यादवविरुद्ध उनकै छिमेकीले उजुरी दिएकी छन् । उजुरी आएपछि अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

भदौ ५ गते राति वडाध्यक्ष यादव आफ्नो घरमा प्रवेश गरी बलात्कार प्रयास गरेको महिलाले उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

उजुरीपछि वडाध्यक्ष यादव सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top