ताजा समाचार


वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई

द रियल समाचार     २०७८ भाद्र १४, सोमबार, १९: २४ मा प्रकाशित




काठमाण्डौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) को अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

सोमबार बसेको स्थायी समिति बैठकले उनलाई सो जिम्मेवारी दिइएको एक स्थायी समिति सदस्यले जानकारी दिए । गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको थियो ।

अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् । शेर्पाली माओवादी नेता जनार्दन शर्मा पक्षधर हुन् भने देवकोटा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top