ताजा समाचार


धादिङमा ट्रक दुर्घटना, ३५ जना घाइते

द रियल समाचार     २०७८ भाद्र १४, सोमबार, १८: ४४ मा प्रकाशित




काठमाण्डौ । धादिङमा ट्रक दुर्घटनामा परी ३५ जना घाइते भएका छन् ।

जिल्लाको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ३५ जना घाइते भएको र घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।

सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा ३ ख ५६२३ नम्बरको ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किएको अध्यक्ष तिमल्सेनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top