काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर–३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले आफू महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् ।
१३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए । उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भए ।
थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन । कांग्रेसको १४औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ ।
प्रतिक्रिया