काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने/नहुने विषय देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए ।
सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि योग्य रहेको बताए ।
आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए । नेकपा एमालेको आगामी महाधिवेशन २०७९ बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि बताए ।
प्रतिक्रिया