एजेन्सी । जिम्बावेका अलराउन्डर सिकन्दर राजाले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् ।
विराटनगरले सोमबार पहिलो विदेशी खेलाडीका रूपमा सिकन्दरलाई अनुबन्ध गरेको जानकारी दिएको हो । ३५ वर्षीय सिकन्दरले जिम्बावेका लागि १७ टेस्ट, १०५ एकदिवसीय र ४२ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले पछिल्लो समय टि–२० मा कप्तानी समेत गर्दै आएका छन् ।
सिकन्दरले टेस्टमा ८ अर्धशतक र १ शतकसहित १ हजार १८७ रन प्रहार गर्दा ३४विकेट हात पारेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १७ अर्धशतक तथा ३ शतक सहित २ हजार ९४३ रन बनाउँदा ६२ विकेट हात पारेका छन् ।
उनले टि–२० अन्तर्राष्ट्रियमा १ अर्धशतक सहित ५२४ रन बनाउनुका साथै १३ विकेट लिएका छन् । आगामी असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा विराटनगर सहित साविक विजेता ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडियटर्स, किंग्स ११ काठमाडौँ, पोखरा राइनोज र चितवन टाइगर्स गरी ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् ।
प्रतिक्रिया