ताजा समाचार


सोमबार २२९५ नयाँ संक्रमित थपिए, १८०८ संक्रमणमुक्त, १६ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र १४, सोमबार, १७: ५१ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय २ र ४ हजार ३ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय ८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितको संख्या ७ लाख ६१ हजार १ सय २४ पुगेको छ । मृत्यु हुनेको संख्या १० हजार ७ सय ३० पुगेको छ भने ७ लाख १४ हजार ५ सय २० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८ सय ७४ रहेको छ । जसमध्ये ३३ हजार ३ सय ३३ जना होम आइसोलेसनमा र २ हजार ५ सय ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ सय ६८ जना आईसीयू र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो ३ दिनमा नेपालमा ५ लाख ९७ हजार ५ सय ९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top