सप्तरी । सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महदेवा गाउँपालिका–१ पकरी बस्ने बेचन सदाकी ५३ वर्षीया पत्नी अमिरका सदा रहेकी छन् ।
आइतबार राति पानी लिन चापाकल तर्फ जाने क्रममा मोटरमा जोडिएको बिजुलीको तारमा खुट्टा पर्न गई करेन्ट लागेर उनी घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया