काठमाण्डौ । नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने बताएका छन् ।
सरकारको पक्षमा बहुमत जुटिसकेको बताउँदै नेता विश्वकर्माले सोमबार बेलुकासम्म सरकारले पूर्णता पाउने प्रतिक्रिया दिएका हुन् ।
आइतबार रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका दलहरुबीचको सहमति भइसकेकाले अब सरकारलाई पूर्णता दिन ढिलाइ गर्नुपर्ने अवस्था नरहेको पनि बताए ।
उनले भने,‘सहमति पनि भइसकेको छ । दल निर्माण पनि भइसकेको छ । सरकारको पक्षमा स्पष्ट बहुमत पनि जुटिसकेको हुनाले अब ढिलाई हुँदैन ।’
प्रतिक्रिया