काठमाण्डौ । घुस लिएको आरोपमा काठमाण्डौबाट दुईजना प्रहरी कर्मचारी पक्राउ परेका छन् ।
काठमाण्डौको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक सञ्जीव बस्नेत र जवान सुरज खड्का रहेका छन् । प्रहरी वृत बौद्धबाट खटिएको टोलीले दुबैलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।
केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार रुपैयाँ घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ गरिएका दुबैजनालाई विभागीय कारवाही गरिने एसपी बस्नेतले बताए ।
प्रतिक्रिया