ताजा समाचार


धनुषाका एसपी रानाभाटको नाममा नक्कली फेसबुक अकाउन्ट, विभिन्न व्यक्तिसँग पैसा माग्दै

द रियल समाचार     २०७८ भाद्र १३, आईतवार, १८: १२ मा प्रकाशित




जनकपुरधाम । पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने ठगी धन्दा बढ्दै गईरहेको देखिएको छ ।

विभिन्न जालझेल, प्रलोभन तथा भ्रममा पारेर नक्कली प्रयोगकर्तालाई ठग्ने प्रवृत्ति मौलाउन थालेको हो । यसैबिच, धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटको नाममा नक्कली फेसबुक अकाउन्ट बनाएर विभिन्न व्यक्तिहरूसँग पैसा माग्दै गरेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक रानाभाटको नक्कली फेसबुक आईडि बनाएर कसैले ‘गुगल पे’ मार्फत उनका साथिहरुसँग पैसा मागरिहेका छन् ।

प्रहरी उपरिक्षक रानाभाटले आफ्नो आधिकारिक फेसबुकमा लेखेका छन्,‘मेरा फेसबुकका साथीहरूले मलाई सूचित गरे कि कसैले मेरो नाममा नक्कली फेसबुक आईडी खोलेका छन् र मेरा साथीहरुसँग पैसा माग्दै छन् । म मेरा सबै साथीहरुलाई अनुरोध गर्न चाहन्छु कि यो म होइन र यो धोका दिनेको बारेमा सजग रहनुहोस् तथा पैसा नदिनुहोस् ।’

एसपी रानाभाटको नाममा बनाइएको फेक अकाउन्टबाट धेरै जनालाई फ्रेन्ड रिक्वेस्ट समेत पठाउने गरेको पाइएको छ । विभिन्न बहाना देखाउँदै आफ्नो नामबाट पैसा माग्ने गरिएको उनले सुनाए ।

यस प्रकारका घटनामा साइबर अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारवाही हुने व्यवस्था रहेको छ । सो ऐनको दफा ४७ अनुसार कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चारमाध्यममा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई एक लाख जरिवाना वा पाँच वर्षसम्म कैद अथवा दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top