ताजा समाचार


आइतबार १३८८ नयाँ संक्रमित थपिए, २२६० संक्रमणमुक्त, २४ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र १३, आईतवार, १७: ३७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ पीसीआर परीक्षणमा १ हजार २ सय १४ र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको छ । मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको छ भने ७ लाख १२ हजार ७ सय १२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७ सय ४४ जना होम आइसोलेसनमा र ३ हजार ५ सय ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ६ सय २५ जना आईसीयू र १ सय ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top