ताजा समाचार


झलनाथ खनाल सोमबार काठमाण्डौ फर्कंदै

द रियल समाचार     २०७८ भाद्र १३, आईतवार, १६: ०५ मा प्रकाशित




काठमाण्डौ । उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार काठमाण्डौ फर्कन लागेका छन् ।

मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि खनाल गत असार २ गते दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए ।

स्वास्थ्य अवस्थामा सुधार आएसँगै नेता खनाल काठमाण्डौ फर्कन लागेको उनको निजी सचिवालयले जनाएको छ । कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

भारतमा उपचारका लागि प्रस्थान गर्दा पार्टी एक बनाउन सन्देश दिएका उनले भदौ ९ गते पार्टी विभाजन हुँदा आफू नेकपा एकीकृत समाजवादी पार्टीमा रहने भन्दै भारतस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयको समन्वयमा दल दर्ताका लागि सनाखत गरेका थिए ।

माधव नेपाल समूह पक्षको बैठकमा उनले दिल्लीबाटै भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top