ताजा समाचार


एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल सर्वसम्मत चयन

द रियल समाचार     २०७८ भाद्र १३, आईतवार, १५: ४२ मा प्रकाशित




काठमाण्डौ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

आईतबार काठमाण्डौस्थित बानेश्वरको ल्होत्से भवनमा बसेको बैठकले उनलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने तयारी तीव्र बनाएको छ । जसको तयारीस्वरूप संसदीय दल गठन गरेको हो ।

आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल र प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरूलाई देउवाले मन्त्रीको नाम पठाउन अनुरोध गरेका छन् । सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top