काठमाण्डौ । नेपाली काँग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशन गरेको छ ।
१४औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्य सम्पन्न गरेका थप ५ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित गरेको संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको उनले बताए ।
नेपाली काँग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा नाम प्रकाशित गरेको हो । साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको यादवले बताए ।
प्रतिक्रिया