ताजा समाचार


बाढी पहिरो र डुबानमा परी यसवर्ष ९१ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १९: ३४ मा प्रकाशित




काठमाण्डौ । बाढी पहिरो र डुबानमा परी यस वर्ष ९१ जनाको मृत्यु भएको छ ।

गत जेठ ३० गतेदेखि भदौ १२ गतेसम्म देशभरमा ९१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरूमा ४६ पुरुष, २३ महिला, १० बालक र १२ जना बालिका रहेका छन् ।

बाढी पहिरो र डुबानमा परी उक्त अवधिमा १ सय १६ जना घाइते भएका छन् । तीमध्ये ६० पुरुष, ३२ महिला, १४ बालक र १० जना बालिका रहेका छन् ।

बाढी पहिरोमा परी यस वर्ष २८ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, ४ बालक र १ जना बालिका रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परेका १ हजार २७५ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । यो वर्ष बाढीको कारण ३ हजार १८० वटा घर डुबानमा परेका छन् । बाढीले ९ सय वटा घर, १ सय ५३ वटा गोठ, ६० वटा पुल, ८ वटा विद्यालय र १४ वटा सरकारी कार्यालयमा क्षति गरेको छ ।

बाढी तथा पहिरोका कारण यो वर्ष १ हजार ८७ वटा पशु चौपायाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top