काठमाण्डौ । अफगानिस्तानबाट थप ८ जना नेपालीलाई उद्धार गरि काठमाडौं ल्याउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानबाट नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउने प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।
‘काबुलमा उद्धार उडानको पर्खाइमा रहेका ३४ जना नेपाली नागरिकलाई सुरक्षाको दृष्टिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा स्थानान्तरण गरिएको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काबुलमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक समन्वय भईरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया