ताजा समाचार


एक कार्यकालभन्दा बढी अध्यक्ष पदमा नबस्ने नेता नेपालको घोषणा

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १९: ११ मा प्रकाशित




काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू एक कार्यकालभन्दा बढी अध्यक्ष पदमा नबस्ने घोषणा गरेका छन् ।

ललितपुरमा शनिबार आयोजित पेशागत महासंघको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘जसरी पनि सत्तामा, कुर्सीमा टिकिरहने गरी बसिनेछैन, एक कार्यकालभन्दा बढी म पार्टीको अध्यक्ष पदमा बस्नेवाला छैन ।’

ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘यो अरुको जस्तो नक्कली घोषणा होइन ।’ नयाँ पुस्ताका व्यक्ति योग्य र सक्षम बन्दै आएको र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै नेपालले भने, ‘अन्य पार्टीमा जस्तो वर्षौंवर्ष एउटै व्यक्तिले नेतृत्वमा बस्नुपर्ने अवस्था नयाँ पार्टीमा अन्त्य हुन्छ ।’

आफ्नो पार्टी पुरानो भइसकेको एमालेभन्दा भिन्न हुने र त्यसका गल्ती कमजोरीबाट मुक्त हुने नेपालले दाबी गरे । उनले एमालेमा भएका कमीकमजोरी एकीकृत समाजवादीमा नदोहोरिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top