ताजा समाचार


महावीरको मतदान सम्पन्न, कुल ३८६ मत खस्यो

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १९: ०० मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित महावीर युवा कमिटीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

शनिबार बिहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख निर्वाचन आयूक्त शंकर साहले जानकारी दिए ।

कुल ४ सय २८ मतदाता रहेको महावीर युवा कमिटीमा ३ सय ८६ जनाले मतदान गरेको साहले बताए । उनले साँझ ७ बजेदेखि मतगणना सुरु गरिने समेत जानकारी दिए ।

४ सय २८ जना सदस्य आवद्ध रहेको यस कमिटीमा ११ सदस्यीय कार्यसमितिका लागि २६ जनाले उम्मेदवारी दिएका छन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा अजय कुमार गुप्ता, बलराम साह, प्रदिप भगत र विकास चौधरीसहित ४ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

उपाध्यक्षमा अनिल कुमार साह, महेश कुमार साह र सरोज कुमार चौधरीसहित ३ जना, महासचिवमा भरत कुमार साह, चन्दन नागवंशी र दिपक कुमार साह (मिन्टु)सहित ३ जना, सचिवमा विकास कुमार साह (विक्की) र त्रिदेव प्रसाद साहसहित २ जना तथा कोषाध्यक्षमा विकास राय, चन्दन राज शर्मा, मोहन कुमार साह र शशि कुमार साह सहित ४ जना बिच प्रतिस्पर्धा छ ।

त्यस्तै, कार्यकारिणी सदस्यमा विजय कुमार साह, विकास गुप्ता, विक्रम कुमार साह, दिलिप कुमार साह, दिपक कुमार साह, जितेन्द्र साह, पंकज कुमार साह, राजा ठाकुर सोनार, संदिप कुमार साह र संतोष कुमार शर्मा सहित १० जना उम्मेदवारहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top