काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरू राजनीतिक नेतृत्वमा आउन चाहे आफू राजनीतिबाट बिदा लिन तयार रहेको बताएका छन् ।
शनिबार वाइसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिको नेतृत्व गर्ने अवसर युवालाई भएको र त्यसका लागि तयारीमा लाग्न भनेका छन् ।
‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन,’ प्रचण्डले भने, ‘छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ ।’
केपी ओलीले पार्टी एकतालाई ठगी धन्दा भन्दै प्रचण्डले भने, ‘पार्टी एकता गर्ने कुरा त प्रधानमन्त्री प्राप्त गर्न केपी ओलीले ठगी धन्दा गरेका रहेछन् । तर, साथीहरूले केपी ओलीसँग एकता गरेर के पाइस् भन्ने गरेका छन् । केपी ओलीसँग एकता गरेर ठूलो ज्ञान प्राप्त भएको छ ।’
ओलीले संसद् विघटन गरेर प्रतिगमन निम्त्याएको र त्यसलाई परास्त गर्न जीवन मरणकै लडाइँ बनाएको उनको आरोप थियो ।
प्रतिक्रिया