ताजा समाचार


काबुल विमानस्थलको गेट छोड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १८: २१ मा प्रकाशित




एजेन्सी । अमेरिकाले अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भन्दै तत्काल विमानस्थलको गेट छोड्न आफ्ना नागरिकलाई निर्देशन दिएको छ ।

बिहीबार काबुल विमानस्थलमा बम विस्फोटमा परी १३ अमेरिकी सैनिक मारिएका थिए । अमेरिकाले जवाफी ड्रोन आक्रमण गर्दा विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारको मृत्यु भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा सुरक्षाको हर सम्भव व्यवस्था मिलाइरहेको जनाएको छ । ह्वाइट ह्वाउसले उक्त आक्रमणपश्चात् जवाफी अपरेसन सुरु गर्ने योजना बनाएको छ ।

बिहीबारको हमलामा १ सय ७० जनाको मृत्यु भएको छ भने १ हजार २ सय ७६ जना घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top