ताजा समाचार


खुकुरी प्रहार गरी पत्नीको हत्या, आफैंले पनि गरे आत्महत्या

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १६: ३६ मा प्रकाशित




भोजपुर । भोजपुरमा पत्नीको खुकुरी प्रहार गरी हत्या गरेका एक पुरुषले आफैं आत्महत्या गरेका छन् ।

षडानन्द नगरपालिका–९ ताल खर्क बस्ने ४० वर्षीय बुद्धिमान राईले खुकुरी प्रहार गरी पत्नीको ज्यान लिएर आफैं पनि आत्महत्या गरेका हुन् ।

राईले शुक्रवार राति २८ वर्षीया पत्नी इन्द्रकलालाई खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार राईले जानकारी दिए ।

राईले आफ्नो पत्नीको हत्या गरी घर नजिकैको दुधिलोको रुखमा झुण्डिएर आत्महत्या गरेको उनले बताए । बाबुले आमामाथि खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीय छिमेकीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाएपछि उनको घर पुग्दासम्म इन्द्रकलाको मृत्यु भइसकेको स्थानीये बताए । बुद्धिमानको पनि खोजी गर्दा रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए । मृतकद्वयको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top