ताजा समाचार


सप्तरीस्थित एक कृषि फर्ममा आगलागी हुँदा १० लाख बराबरको क्षति

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १६: २३ मा प्रकाशित




सप्तरी । सप्तरीस्थित एक कृषि फर्ममा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–७ स्थित संगीता कृषि फर्ममा आगलागी भएको हो ।

शुक्रबार राति २ बजे आगलागी हुँदा १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुईवटा घर, १२ सय कुखुरा, पानी तान्ने मोटर, भवलेटर, पंखा १२ थान, कुखुराका दाना, ६० हजार नगद लगायत १० लाख बराबरका सामानहरु जलेर नष्ट भएको फर्मका सञ्चालक चन्द्रभूषन कुमार सिंहले बताए ।

बाटो नभएका कारण आगो निभाउन वारुणयन्त्र आउन नसकिएको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top