ताजा समाचार


जानकी मन्दिर परिसरमा लगाइएका पोस्टरहरु युवाहरुले च्यातेर फाले

द रियल समाचार     २०७८ भाद्र १२, शनिबार, १६: ०३ मा प्रकाशित




जनकपुरधाम । मुख्यमन्त्री स्वच्छता अभियानको नाममा प्रचार प्रसार गर्ने उद्देश्यले जानकी मन्दिर परिसरमा लगाइएका पोस्टरहरु यहाँका युवाहरुले हटाएका छन् ।

युवाहरुको एक समूहले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान सहितका अन्य सबै पोस्टरहरू मन्दिर परिसरबाट हटाएका हुन् ।

मुख्यमन्त्री राउतको तस्बीरसहित स्वच्छता अभियान, बेटी पढाउ बेटी बचाउ अभियान लगायतको विभिन्न नारा लेखिएको बोर्ड जानकी मन्दिर तथा छेउटाबाट युवाहरुले च्यातेर फालेका छन् ।

स्वच्छताको नाममा मुख्यमन्त्री लालबाबु राउतले करोडौं भ्रष्टाचार गरेको र जानकी मन्दिरमा पोस्टर लगाएर कुरुप बनाएकाले ती बोर्डहरु हटाइएको युवा अभियन्ता सरोज कुमार मिश्रले बताए ।

स्वच्छता अभियान र बेटी पढाउ अभियान चलाएर मुख्यमन्त्री राउतले आफन्त भर्ती तथा अनियमिताको केन्द्र बनाएको उनको आरोप छ ।अब उपरान्त जानकी मन्दिर लगायतको कुनैपनि धार्मिक पर्यटकिय स्थलमा अन्य विषयका प्रचार प्रसार सामग्री, बोर्ड, पर्चा पम्पलेट लगाई फोहोर नगर्न आग्रह समेत उनीहरुले गरेका छन् । उनीहरुले मन्दिरको गरिमाको ख्याल गरि धार्मिक महत्वका मात्र पोस्टर, पम्पलेट र होर्डिङ्ग बोर्ड लगाउन आग्रह गरेका छन् ।

आगामी दिनमा धार्मिक नगरि जनकपुरधामको कुनै पनि मठमन्दिरका पर्खालहरुमा व्यवसायिक प्रयोजनका प्रचार प्रसार सामग्री टाँसेमा कानुनी उपचार खोज्न बाध्य हुने युवाहरुले चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top