जनकपुरधाम । आर्केष्ट्रामा आकर्षक तलब दिने प्रलोभन देखाएर बेचबिखनका लागि लगिएका ७ जना नेपाली युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
भारतको बिहार पूर्वी चम्पारण छौडादानो नगर पञ्चायत ११ आदापुर बजारबाट प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
उनीहरुलाई भारतीय प्रहरी र आफन्त नेपालको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
मोबाइल खोसेर अध्याँरो कोठामा राखेका बेला उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई झुक्याएर बेचबिखन गर्न लैजाने धनुषाकी एक महिला सहित दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छौडादानो बस्ने २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाको नगराइन नगरपालिका घर भइ छौडादानो बस्दै आएकी ममताकुमारी भन्ने अजिमा खातुन छन् ।
दुबैजना विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी खनालले जानकारी दिए ।
प्रतिक्रिया