ताजा समाचार


काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाउन सुरु

द रियल समाचार     २०७८ भाद्र ११, शुक्रबार, १७: २० मा प्रकाशित




काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज लगाउन शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि दोस्रो डोज लगाउन थालिएको हो । तीन दिनसम्म चल्ने खोप अभियानमा पहिलो डोज लगाएका ५० वर्षभन्दामाथि उमेर समूहका नागरिकलाई खोप दिइने उनले बताए ।

यसैगरी विश्व विद्यालयका प्राध्यापक एवं विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेलको दोस्रो डोज लगाउन छुटेका नागरिकलाई खोप दिइने उनले बताए ।

खोप लगाउन जाने नागरिकले पहिलो डोज लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहितको नम्बरको आधारमा खोप दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top