ताजा समाचार


कसैलाई पराजित गर्न पार्टी सभापति बन्न खोजेको होइन: निधि

द रियल समाचार     २०७८ भाद्र ११, शुक्रबार, १७: १५ मा प्रकाशित




काठमाण्डौ । पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गर्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले काठमाण्डौमा सम्पर्क कार्यालय खोलेका छन् ।

शुक्रबार सम्पर्क कार्यालयको उद्घाटन गर्दै निधिले आफू कसैलाई पराजित गर्न पार्टी सभापति बन्न नखोजेको बताए । आगामी चुनावमा कांग्रेसलाई बहुमत दिलाउने आफ्नो उद्देश्य भएको उनको भनाइ थियो ।

उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गरिरहेको छु, त्यसकै लागि सम्पर्क कार्यालय स्थापना गरेको छु । मेरो लक्ष्य आगामी चुनावमा सबै तहमा कांग्रेसलाई बहुमत दिलाउनु हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top