काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिले नै आफूहरु सरकारमा जाने विषयमा कुनै छलफल नगरेको बताएका छन् ।
ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस विषयमा कुनै छलफल नभएको बताए ।
शुक्रबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आवश्यक निर्णय गर्ने जानकारी दिए ।
उनले भने,‘हालसम्म कुनै छलफल भएको छैन् । पार्टी दर्ता भर्खर भएकोले प्रधानमन्त्रीले हामीलाई बोलाएपछि आफ्नो कुरा राख्छौं ।’
सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलको विषयमा समेत आफ्नो पार्टीले धारणा तय नगरेको ठाकुरले स्पष्ट पारे ।
प्रतिक्रिया