बुटवल । नवलपरासीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । त्यस्तै, बेपत्ता हुनेमा सुनवल नगरपालिका–१४ की एलिसा तामाङ रहेको उनले बताए ।
घरमा बाढी पसेपछि ज्यान बचाउन बाहिर निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको डिएसपी लामाले जानकारी दिए । उनीहरूको शव खेतमा फेला परेको थियो ।
तामाङको अवस्था अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ ।
रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ ।
प्रतिक्रिया