ताजा समाचार


प्रधानमन्त्री देउवाले आगामी साता मन्त्रिपरिषद् विस्तार गर्दै

द रियल समाचार     २०७८ भाद्र ११, शुक्रबार, १६: ४० मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सातामा मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् ।

प्रधानमन्त्री नियुक्त भएको करिब डेढ महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा चौतर्फी आलोचना खेपिरहेका देउवाले आउँदो साता नेकपा (एकीकृत समाजवादी) दलको कोटामा पर्ने बाहेकका मन्त्रीहरु समेटी मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् ।

‘नेकपा (एकीकृत समाजवादी) पार्टीले तत्काल मन्त्रीको नाम नपठाउने जानकारी दिएको छ । यसकारण नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको कोटामा पर्ने मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको देउवा निकट स्रोतले जानकारी दिएको छ ।

आउँदो साता देउवाले मन्त्रिपरिषद् विस्तार गरे पनि पूर्णत भने नपाउने भएको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट मन्त्री बन्ने ६ जनाको नाम दिन माधव नेपाल तयार नभएपछि मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको हो ।

मन्त्री बन्नेहरुको नाम छनौट गर्न केही समय लाग्ने र पार्टीमा छलफल गर्नुपर्ने भन्दै नेपालले अन्य दललाई समेटर मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई अनुरोध गरेको स्रोतले बताएको छ ।

हाल मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् भने नेकपा (माओवादी केन्द्र)को तर्फबाट दुई जना मन्त्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top