ताजा समाचार


काबुलस्थित विमानस्थलमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुग्यो

द रियल समाचार     २०७८ भाद्र ११, शुक्रबार, १६: १३ मा प्रकाशित




एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ९० पुगेको छ । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । घाइतेहरुको संख्या १५० पुगेको छ ।

अफगानिस्तान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।

उनीहरु अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका थिए । यसअघि नै अमेरिका र बेलायतले आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top