ताजा समाचार


खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रमा आफ्नो मुख्य जोड रहन्छ: प्रदिप भगत

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १८: ४१ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित महावीर युवा कमिटीको नयाँ नेतृत्वका लागि भदौ १२ गते शनिबारका दिन निर्वाचन हुन लागेको छ ।

कमिटीको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा ११ पदका लागि २६ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् ।

यसैबिच, अध्यक्ष पदका प्रत्यासी प्रदीप भगतले बिहीबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफू निर्वाचित भएपछि कमिटीको चौतर्फि विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

भगतले आफू निर्वाचित भएपछि राजदेवी पुजा व्यवस्थापनको भव्यतालाई निरन्तरता दिदै खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत आफ्नो मुख्य जोड रहने बताए ।

उनले भने,‘कुनै समय खेलकुद क्षेत्रमा महावीर युवा कमिटीको एउटा छुट्टै पहिचान थियो । कमिटीसँग आबद्ध खेलाडीहरु राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका थिए । तर अहिले खेलकुदप्रति कुनै चासो छैन् । म नेतृत्वमा पुगेपछि क्रिकेट र फुटबल जस्ता खेलको विकास गर्दै कमिटीको पुरानै गरिमा कायम गराउने प्रयास गर्नेछु ।’

समय समयमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै कमिटीका लागि एम्बुलेन्स सञ्चालनको व्यवस्था पनि मिलाउने प्रयास गर्ने प्रदिपले बताए । रोजगारीका लागि सिलाई कटाई, ब्यूटिशियन, कम्प्युटर सहित विभिन्न व्यवसायिक सीपमुलुक तालिमको व्यवस्थापन गराउने उनको प्रतिबद्धता छ ।

उनले सीप हासिल गरेका युवायुवतीहरुका लागि नेपाल सरकार तथा प्रदेश सरकारद्वारा दिइने व्यवसायिक सहुलियत ऋण दिलाउन सम्बन्धित निकायसँग समन्व्य गरी सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

महावीर युवा कमिटीसँग विगत २० वर्षदेखि आबद्ध रहेका उनी कमिटीद्वारा आयोजित राजदेवी पूजा सहित विभिन्न कार्यक्रमहरुको मूल कमिटीको संयोजक पदमा सफल भूमिका निर्वाह गरिसकेका छन् । यसका साथै भगतले कार्यकारिणी सदस्य र महासचिव पदमा समेत निर्वाचित भई आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरिसकेका छन ।

आफूले विगतमा कमिटीका लागि पुर्याएको योगदान र कार्यप्रति सबैजना सन्तुष्ट रहेको दावी गर्दै भगतले आफूलाई सबै मतदाता र पुर्व पदाधिकारीहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

४ सय २८ जना सदस्य आवद्ध रहेको महावीर युवा कमिटीमा ११ सदस्यीय कार्यसमितिका लागि २६ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा भगत सहित ४ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top