ताजा समाचार


एमालेद्वारा १०औँ महाधिवेशन केन्द्रित निर्णय पारित

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १८: ११ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको १० औँ महाधिवेशन केन्द्रित निर्णय पारित गरेको छ ।

एमालेले मंसिर १० देखि १२ गतेसम्म काठमाडौंमा १०औँ महाधिवेशन गर्ने स्थायी कमिटी बैठकको निर्णयलाई अनुमोदन गरेको हो ।

त्यस्तै भदौ १६ देखि २० गतेसम्म पार्टीमा देखा परेका समस्या समाधान र १० बुँदे भावना अनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने समेत निर्णय गरेको छ ।

भदौ २५ र २६ गते स्थायी कमिटी बैठक र २७, २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत पारित गरेको छ । एमालेले असोज ४ देखि ६ गतेसम्म विधान महाधिवेशन, कात्तिक ६ गते देशभरका सम्पूर्ण वडाको अधिवेशन, कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णयलाई पनि पारित गरेको छ ।

बैठकले प्रगतिशील जनगायक जेबी टुहुरेको निधनप्रति समेत शोक प्रस्ताव पारित गरेको छ । एमालेले संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top