ताजा समाचार


मलेसियन ब्याट्सम्यान विरनदीप सिंहले चितवन टाइर्गसबाट इपिएल खेल्ने

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १८: ०५ मा प्रकाशित




एजेन्सी । मलेसियन ब्याट्सम्यान विरनदीप सिंहले चितवन टाइर्गसबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् ।

उनले चितवनसँग सम्झौता गरेको मलेसियन क्रिकेट संघले जनाएको छ ।

विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो मलेसियन खेलाडी भएको भन्दै मलेसियन क्रिकेटर तथा मलेसियन क्रिकेट संघले उनलाई बधाई दिएका छन् ।

विकेट किपर समेत रहेका विरनदीपले २५ वटा टी– २० अन्तर्राष्ट्रिय लिगमा ५८४ रन बनाएका छन् ।

गत वैशाखमा नेपालमा भएको त्रिकोणात्मक सिरिज टी– २० सिरिजमा विरनदीपले नेदरल्यान्ड्स विरुद्ध पहिलो खेलमा ५३ बलमा ६ चौका र ६ छक्कासहित ८७ रनको योगफल तयार गरेका थिए ।

यो इनिङ्सले नै उनलाई नेपाली लिग इपिएल खेल्ने वातावरण बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top