ताजा समाचार


बिहीबार २४३३ नयाँ संक्रमित थपिए, १९२९ संक्रमणमुक्त, २६ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १७: ४७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार ३ सय ७४ जनामा परीक्षण गरिएकोमा ९ हजार ७ सय २ को पिसिआर र ४ हजार ६ सय ७२ को एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । हाल निको हुनेको दर ९३.५ प्रतिशत रहेको छ । नेपालमा हाल सक्रिय संक्रमित ३८ हजार ३ सय ८४ जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top