ताजा समाचार


कोरोना नियन्त्रण आफ्नो पहिलो प्राथमिकता: मुख्यमन्त्री आचार्य

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १७: २९ मा प्रकाशित




विराटनगर । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले अब कोरोनाको तेस्रो लहर आउने भनिरहेकाले यसको तयारीमा लाग्ने बताए । स्थायित्वका लागि आफू मुख्यमन्त्री बनेको भन्दै अब सबैलाई मिलाएर अगाडि बढ्ने कुरामा समेत उनको जोड थियो ।

पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले अब चाँडै मन्त्रिपरिषद विस्तार गरिने पनि बताए । ’जतिसक्दो चाँडो मन्त्रिपरिषद बिस्तार हुन्छ’, उनले भने ।

कति सदस्य मन्त्रिपरिषद गठन गर्ने योजना छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले परिस्थितिले निर्धारण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top