ताजा समाचार


निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने एमालेको निर्णय

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १७: २४ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेले निर्वाचन आयोगबाट भएका केही निर्णयको विरुद्धमा सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णय भएका छन् । अनुपस्थित भएका र पार्टीले कारबाही गरेका सदस्यहरूलाई सनाखत गराउने काम त्यहाँबाट भएका छन् । हामी त्यसको कानुनी उपचार खोज्छौँ । यसको हामीले यथोचित, कानुनसम्मत विरोध गर्छौँ ।’

उनले आफूहरू अदालत जाने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top