ताजा समाचार


माधवलाई अभिलेखबाट हटाउने एमालेको तयारी

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १७: १९ मा प्रकाशित




काठमाण्डौ । नेकपा एमालेले माधव कुमार नेपाललगायत पार्टी विभाजनमा सहभागी नेताहरुलाई पार्टीबाट निष्कासन गर्दै अभिलेखबाट हटाउने तयारी गरेको छ ।

नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले एकीकृत समाजवादी गठनमा प्रत्यक्ष संलग्न भएका नेताहरूलाई पार्टीबाट निष्कासन गरिएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनीहरुको नाम अभिलेखबाट हटाउन निवार्चन आयोगलाई जानकारी गराउने निर्णय गरिएको समेत उनले बताए ।

एमालेबाट विभाजित भएपछि बुधबार मात्रै माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।
उक्त पार्टीमा एमालेका ५५ केन्द्रीय सदस्य र ३० जना सांसद उभिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top