ताजा समाचार


मधेश भवनभित्र रुख ढल्दा मन्त्री निवासको पर्खाल भत्कियो

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १६: ५९ मा प्रकाशित




जनकपुरधाम । लगातारको वर्षाका कारण प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र मधेश भवनभित्र एउटा रुख ढल्दा मन्त्री निवासको पर्खाल भत्केको छ ।

बुधबार रातिदेखिको निरन्तरको वर्षाले आज बिहान एक्कासी रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल भत्किएको हो । मन्त्री साहको निवास नजिकैको रुख खसेको थियो ।

मन्त्रीका स्वकीय सचिव नवनीत झाले आफूहरु मन्त्री साहको निवासमा बसिरहेका बेला एक्कासी भूकम्प आए झैं रुख ढलेको र रुखले ठूलो पिलर भएको पर्खाललाई समेत भत्काउँदा विद्युतका पोल पनि खसेको बताए । झाले झण्डै ५० फिटको रुख एक्कासी ढलेको बताए ।

जनकपुर चुरोट कारखानाको भवनभित्र प्रदेश सरकारले मन्त्रालय बनाएको छ भने मन्त्रीहरुको निवास पनि त्यहींभित्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top