सर्लाही । प्रहरीले सर्लाहीबाट पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बागमती नगरपालिका–८ गाजलीचोक बस्ने तारा बहादुर तामाङ र बरहथवा नगरपालिका–५ बस्ने अकबर अन्सारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय बरहथवाबाट खटेको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख डिएसपी उद्धव भाटले जानकारी दिए । पक्राउ परेका उनीहरूको साथबाट पेस्तोलसँगै त्यसमा लाग्ने तीन थान गोली पनि बरामद गरिएको उनले बताए ।
बीआर ३० जे ३०८० नम्बरको भारतीय मोटरसाइकमा बायाँतर्फको लेगगार्डमा झोलामा झुण्याएर राखेको अवस्थामा उनीहरूको साथबाट पेस्तोल बरामद गरिएको डिएसपी भाटले बताए ।
पक्राउ परेका दुबैजनामाथि प्रहरीले अदालतबाट म्याद थप गराई अनुसन्धान जारी राखेको छ । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ परेका तामाङ लागूऔषध मुद्दाका समेत फरार प्रतिवादी हुन् ।
प्रतिक्रिया