ताजा समाचार


एसीड पीडित आरतीलाई प्रदेश सरकारले गरे ५ लाख सहयोग

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १६: ३९ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामकी एसीड पीडित आरती साहलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई बिहीबार सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री राउतले व्यापक आलोचना पश्चात ९ महिना पछि आरतीलाई चेक हस्तान्तरण गरेका छन् ।

यसअघि, केहि एसीड पीडितलाई घटना लगत्तै अस्पताल पुगेर सहयोग उपलब्ध गराउने मुख्यमन्त्री राउतले आरतीलाई निकै दौडधुप र आलोचना पश्चात उक्त सहयोग गरेका छन् ।

आरतीलाई उनका पति सञ्जिव साहले दीपावलीका दिन गत कार्तिक २९ गते एसीड प्रहार गरेका थिए । घाइते आरतीको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात समेत जलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top