ताजा समाचार


वीरगञ्जस्थित स्टील उद्योगमा भट्टी पड्केर विस्फोट हुँदा ११ कर्मचारी घाइते

द रियल समाचार     २०७८ भाद्र १०, बिहीबार, १६: २७ मा प्रकाशित




पर्सा । वीरगञ्जस्थित सर्वोत्तम स्टील उद्योगमा भट्टी पड्केर विस्फोट हुँदा ११ कर्मचारी घाइते भएका छन् ।

निर्माणाधीन अवस्थामा रहेको सो उद्योगमा आगलागीमा परी आधा दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते समेत भएका छन् ।

बिहीबार दिउँसो वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित उद्योगमा रहेको फोहोर तथा कचरामा रहेको फलाम गलाउने भट्टी पड्किएर आगलगी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

घाइते ११ मध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए । घाइतेहरुको उपचार वीरगञ्जस्थित वयोधा अस्पतालमा भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी खनालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top