ताजा समाचार


बुधबार २४८२ नयाँ संक्रमित थपिँदा १७८१ संक्रमणमुक्त, ४४ जनाको मृत्यु

द रियल समाचार     २०७८ भाद्र ९, बुधबार, १७: ५९ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ११ पिसिआर परीक्षणमा १ हजार ८ सय ६२ र ५ हजार ५ सय ७९ एन्टिजेन परीक्षणमा ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८१ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ४४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

देशभर अहिले ३८ हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३५ हजार २ सय ५० जना होम आइसोलेसनमा र ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै, ६ सय १० जना आइसियू र १ सय ६१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपाल संक्रमित निको हुने दर ९३ दशमलव ५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top