महोत्तरी । महोत्तरीको गौशालाबाट ५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका वडा नम्बर–५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत बरिष्ठ हवल्दार राजीशरण साह र गौशाला बस्ने राम अशिष साह रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
दुबैजनालाई ५ हजार रुपैयाँ घुस रकमसहित निगौल चोकबाट पक्राउ गरिएको हो । बरिष्ठ हवल्दार साहले घरमा प्रयोग गर्नका लागि बिस्कुट लगायतका घरायसी सामग्रीहरु नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिए वापत घुस मागेको सूचनाका आधारमा अख्तियारबाट खटेको टोलीले दुवैजनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया